Back to Top
  • TAKE THE FIRST STEP TO

    KNOWLEDGE WITH US

    Get Started

  • Better Education for a Better World

    Start Your Career

    Apply now

दुव्र्यसन रोक्न संवाद


April 28, 2014
Nepalgunj, Banke
तीव्रता साथ वृद्धि भइरहेको लागु पदार्थ दुव्र्यसन नियन्त्रणका लागि आइतवार नेपालगञ्जमा ग्रामीण क्षेत्रका युवाहरुसँग अन्तरक्रिया गरिएको छ ।

पछिल्ला दिनहरुमा शहर केन्द्रित लागु पदार्थको प्रयोग प्रामीणस्तरमा पनि फैलिन थालेपछि सो नियन्त्रणका लागी ग्रामीण क्षेत्रका युवाहरुसँग सम्वाद गरीएको हो ।
युवाहरुको छाता संगठन जिल्ला युवा क्लव सञ्जाल बाँके र युवा अभियानको संयुक्त साझेदारीमा जिल्लाका १० गाविसका करिव ४० युवाहरुलाई नेपालगञ्जमा भेला गराएर लागु पदार्थको बढ्दो प्रयोग, यसले व्यक्ति तथा समाजमा पार्ने प्रभाव र नियन्त्रणका उपाय बारे अवगत गराईएको थियो ।

त्यस क्रममा सहभागी युवाहरुले लागु पदार्थ न्युनिकरणका लागी सबै युवाहरु एकजुट लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा पूर्वदुव्र्यसनीकर्ता अभिराज क्षेत्रीले हाल लागु पदार्थ प्रयोगको अवस्था, नियन्त्रणका लागी भइरहेका प्रयासका विषयमा आप्mनो विचार प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला युवा क्लव सञ्जालका आशिष वर्मा, युवा अभियान बाँकेका जिल्ला कार्यक्रम संयोजक बामदेव पोख्रेल, जिल्ला युवा क्लव सञ्जाल बाँकेका महासचिव हेमराज भट्ट र सचिव राजन वर्मा लगायतले बोलेका थिए ।

0Komentar

Post a Comment